प्रशोधित पानी उद्योग व्यवसायी संघ कास्कीमा प्रेम बहादुर क्षेत्रीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत

-



     सफल आवाज    
     माघ २२ गते २०८२ मा प्रकाशित



पोखरा, २२ माघ । प्रशोधित पानी उद्योग व्यवसायी संघ कास्कीको दशौं वार्षिक साधारण सभा तथा पाँचौ अधिवेशन बिहिबार पोखरामा सम्पन्न भएको छ ।

अधिवेशनले सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको अध्यक्षमा प्रेम बहादुर क्षेत्री चयन भएका छन् । उपाध्यक्षमा लेख बहादुर प्रधान गोर्खाली पानी, सचिवमा हिमालयन वाटर एण्ड आईसका अध्यक्ष कविन्द्र कोईराला, कोषाध्यक्षमा पुष्पराज गिरी पञ्चासे पानी, सहसचिवमा अमृतसागर तिवारी वर्षा पानी रहेका छन् ।

सदस्यहरुमा चीनुमाया गुरुङ अमृतजल, सन्दिप लामिछाने लेकसिटी पानी, सन्त बहादुर लामिछाने नेशनल पानी र निशान्त तिवारी विश्वास पानी रहेका छन् ।

प्रमुख अतिथि, निर्वाचन समितिका संयोजक संस्थाका संस्थापक तथा वरिष्ठ सल्लाहकार यदुनाथ अधिकारीले नवनिर्वाचित पदाधिकारीहरुलाई सपथग्रहण गराउँदै सफल कार्यकालको लागि शुभकामना व्यक्त गरे ।

उनले पानी व्यवसायीलाई एक मन र एकतामा रहेर संस्थालाई जिवन्त बनाउने कार्यमा नयाँ समिति दत्तचित्त भएर लाग्नेमा आफु ढुक्क भएको बताए । पहिले घरलाई व्यवस्थित बनाउनु पर्ने अनl प्रदेश तथा केन्द्रमा कास्कीको क्रियासिलतालाई अब्बल बनाउन अनुरोध गरे ।

नवनर्वाचित अध्यक्ष तथा सोल्टी पानीका अध्यक्ष प्रेम क्षेत्रीले आफ्नो कार्यकालमा संस्थाको जगलाई बलियो बनाउन इंटा थप्ने कार्य गर्ने बताए । सबैभन्दा पहिले आमी बाँच्नुपर्छ अनि अरुलाई बचाउन पनि हामी सबै एक भएर जानुको विकल्प नभएको बताए । सो अवसरमा उनले एउटै थलोबाट पानीको वितरण प्रणालीलाई समुचित रुपमा अगाडी बढाउन आवश्यक भएकोमा जाड दिएका थिए ।

निवर्तमान अध्यक्ष रवीन्द्र माेहन अधिकारीले हामी सबैले कानुनको पालना गर्दै नियमनकारी निकायलाई केहि भन्न सक्ने ठाउँ पनि नदिएर कामलाई अगाडी बढाउनु पर्नेमा जोड दिए । ३ वर्षे कार्यकालमा स्वच्छ विचारलाई आत्म्साथ गर्दै अगाडी बढ्न आवश्यक भएको बताए ।

सल्लाहकार रामबहादुर कोईरालाले आगमी दिनहरुमा समितिले संस्थाको गरिमालाई थप उचाईमा पुर्याउने कार्यमा लाग्न शुभकामना व्यक्त गरे ।

कार्यक्रमको पहिलो सत्रको सञ्चालन सचिव अमृत तिवारीले गरेका थिए । नयाँ कार्यसमिति सर्वसम्मत भईसकेपछि समितिका सचिव कविन्द्र कोईरालाले सञ्चालन गरेको कार्यक्रममा शुभकामना व्यक्त तथा प्रमुख अतिथि यदुनाथ अधिकारी र पाहुनाहरुलाई मायाको चीनो प्रदान गरिएको थियो ।