सुपर खुदी हाइड्रोपावरकाे आईपीओ फागुन ४ गतेदेखि आउदै

-



     सफल आवाज    
     माघ २३ गते २०८२ मा प्रकाशित



काठमाडौं, २३ माघ । सुपर खुदी हाइड्रोपावरले फागुन ४ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले दाश्राे चरणमा सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट भइसकेकाे छ ।

कम्पनीले ३१ करोड रुपैयाँ बराबरको ३१ लाख कित्ता शेयर निष्काशनकाे अनुमति पाएकोमा १५ लाख ५० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानियका लागि र १ लाख ५५ हजार कित्ता साधारण शेयर विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि बाँडफाँट गरिसकेको छ। साथै ७७ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिएकाे छ।

याे दोस्रो चरणमा कर्मचारीहरुका लागि ३१ हजार कित्ता छुट्याईएर बाँकी रहेको १२ करोड ८६ लाख ५० हजार रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १२ लाख ८६ हजार ५०० कित्ता साधारण शेयर निष्काशन गर्न लागेकाे जनाइएकाे छ ।यसमा घटीमा १० कित्ताका तथा बढीमा १ लाख कित्ताका लागि आवेदन दिन पाइनेछ। लगानीकर्ताले फागुन १० गतेसम्म आवेदन दिन पाउनेछन् । साे अविधमा पूरा आवेदन नपरेमा फागुन १९ गतेसम्म आवेदन दिन पाइनेछ।

शेयर लगानीकर्ताले सेबाेनबाट अनुमति लिएका सिआस्बा सेवामा रहेका बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सक्नेछन्। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।