
काबुल २३ मााघ । डलरमा लगातार गिरावटको बावजुद खाद्य पदार्थको मूल्य निरन्तर बढ्दा अफगानिस्तानको आयातमा निर्भर अर्थतन्त्रले चुनौतीको सामना गरिरहेको टोलो न्यूजले जनाएको छ । विगत सात महिना देखि घरेलु बजारमा डलर कमजोर भई हाल प्रति डलर करिब ६५ अफगानीमा कारोबार भइरहेको जनाइएको छ ।
यद्देपी पिठो, चामल र खाना पकाउने तेल जस्ता आवश्यक वस्तुहरूको मुल्य तीव्र वृद्धि रेकर्ड गरेको छ । टोलो न्यूजलाई उद्धृत गर्दै एक प्रतिवेदनले विनिमय दर घटेता पनि प्रमुख वस्तुहरूको मूल्य १००– १,००० अफगान भन्दा बढीको बीचमा बढेको बताइएको छ । यसैबीच, द अफगानिस्तान बैङ्कले सतर्क मौद्रिक व्यवस्थापनका कारण अफगानिस्तान यस क्षेत्रको सबैभन्दा स्थिर मुद्राहरू मध्ये एक रहेको उल्लेख गरेको टोलो न्यूजले जनाएको छ ।
केन्द्रीय बैङङ्कका प्रवक्ता हासिबुल्लाह नूरीले “विवेकपूर्ण र सन्तुलित मौद्रिक नीतिहरूको कार्यान्वयन, निर्यात वृद्धि, अधिक पारदर्शिता, लागु औषध तस्करीको रोकथामको माध्यमबाट केन्द्रीय बैङ्कले राष्ट्रिय मुद्राको स्थिरतालाई बलियो बनाउन मद्दत गरेको बताउनु भएको छ ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




