
UN ILLUS.jpg
संयुक्त राष्ट्रसंघ, २४ माघ । गाजाको राफाह सीमा नाका हुँदै फर्किरहेका प्यालेस्टिनीहरूलाई दुर्व्यवहार गरिएको भन्ने विवरणप्रति संयुक्त राष्ट्रसंघका मानवीय निकायहरूले गहिरो चिन्ता व्यक्त गरेका छन्। यसैबीच, सर्वसाधारणलाई लक्षित गर्दै भइरहेका इजरायली आक्रमणका कारण मानवीय अवस्था झन् जटिल बन्दै गएको छ।
संयुक्त राष्ट्रसंघको मानवीय सहायता समन्वय कार्यालयका अनुसार गाजाका सर्वसाधारण बसोबास गर्ने क्षेत्रमा हवाई आक्रमण र गोलाबारी निरन्तर भइरहेको छ, जसका कारण मानवीय क्षति र भौतिक संरचनामा ठूलो नोक्सानी पुगेको छ। कार्यालयले बिहीबार इजरायली सेनाले शरणार्थीका लागि स्थापित विद्यालय समूहअन्तर्गत अन्तिम बाँकी रहेको एक विद्यालय पनि ध्वस्त पारेको जनाएको छ। यससँगै सो क्षेत्रका सबै विद्यालय पूर्ण रूपमा नष्ट भएका छन्।
संयुक्त राष्ट्रसंघले सर्वसाधारण तथा सर्वसाधारण संरचनाको सधैं संरक्षण हुनुपर्ने र तिनलाई कहिल्यै पनि सैन्य गतिविधिका लागि प्रयोग वा लक्षित गर्न नहुने स्पष्ट पारेको छ। संयुक्त राष्ट्रसंघको विकास कार्यक्रमले बिहीबार इजरायली जाँच चौकीबाट २१ जना फर्किएका व्यक्तिलाई खान युनिसस्थित नासेर अस्पताल पुर्याएको जनाएको छ। सोमबारदेखि हालसम्म ९८ जना फर्किएका व्यक्तिलाई त्यहाँ स्वागत गरिएको छ।
संयुक्त राष्ट्रसंघको मानव अधिकार कार्यालयले फर्किएका प्यालेस्टिनीहरूमाथि दुर्व्यवहार, अपमान र हिंसाको क्रम देखिएको भन्दै चेतावनी दिएको छ। कार्यालयका अनुसार केही सशस्त्र प्यालेस्टिनी समूहले इजरायली सेनाको समर्थनमा फर्किनेहरूलाई हातकडी लगाउने, आँखामा पट्टी बाँध्ने, धम्की दिने, शरीर जाँच गर्ने तथा पैसा र निजी सामान लुट्ने गरेका छन्।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




