
काठमाडौं, २५ माघ । नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडकाे नोक्सानी केहि घटेकाे छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार कम्पनीको नोक्सानी गत आर्थिक वर्षको सोही अवधिकोभन्दा घटेको हाे।
गत आर्थिक वर्षको पहिलो ६ महिनामा ४ करोड ४९ लाख रुपैयाँ रहेकोमा खुद नोक्सानी, चालु आर्थिक वर्षको सोही अवधिमा २ करोड ९ लाख रुपैयाँमा रहेकाे छ। कम्पनीको आम्दानी बढेसँगै नोक्सानी घटेकाे हो।
कम्पनीको सञ्चालन आम्दानी १ करोड ८७ लाख रुपैयाँबाट बढेर ४ करोड २४ लाख रुपैयाँ भएकाे छ। कुल आम्दानी समीक्षा अवधिमा १ करोड ७९ लाख रुपैयाँबाट बढेर ४ करोड २७ लाख रुपैयाँ रहेकाे छ।
पुस मसान्तसम्म प्रतिशेयर आम्दानी ६ रुपैयाँ ९ पैसा ऋणात्मक छ । प्रतिशेयर नेटवर्थ १०१ रुपैयाँ २४ पैसा छ। कम्पनीको चुक्ता पूँजी ६८ करोड ७५ लाख रुपैयाँ रहेको छ । अन्य इक्विटी २० करोड २५ लाख रुपैयाँ ऋणात्मक छ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




