
पाेखरा, २६ माघ। पाेखराकाे कालिका लघुवित्त वित्तीय संस्थाले अर्धवार्षिक समीक्षा तथा धितो मूल्यांकन तालिम पोखरामा सम्पन्न गरेको छ । संस्थाका ६ वटा अनुगमन मुकाम अन्तर्गतका ५८ वटा शाखा कार्यालयका प्रमुखहरु कार्यक्रममा उपस्थित भएका थिए । माघ २३, २४ र २५ गते भएकाे उक्त कार्यक्रमको अध्यक्षता संस्थाका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत फणिन्द्र पाण्डेले गर्नुभएको थियो ।
आन्तरिक लेखापरीक्षण विभाग प्रमुख हर्ष वहादुर स्याङ्गतानले कार्यक्रमको स्वागत तथा जनशक्ति व्यवस्थापन तथा सामान्य सेवा विभाग प्रमुखले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो । कार्यक्रमको सहजिकरण योजना तथा अनुगमन विभाग प्रमुख कृष्ण प्रसाद शर्माले गर्नुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि संस्थाका अध्यक्ष चन्द्र वहादुर क्षेत्रीले दिप प्रजवलन गरी कार्यक्रमको उदघाट्न गर्नुभएको थियो । संस्थाका सञ्चालक युक्त वहादुर सुवेदी र बिश्व नेपालले अतिथिको रुपमा आफ्नो मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा धितो मूल्यांकन तालिमको सहजिकरण ईन्जिनियर सन्तोष ओझाले गर्नुभएको थियो ।
आगामी दिनमा पृथक ढंगले लघुवित्त कार्यक्रम अगाडि वढाउने तथा संस्थाले लिएको आ.व. २०८२-८३ को लक्ष्यलाई हासील गर्ने संकल्पका साथ गोष्ठी कार्यक्रमको समापन भएको प्रमुख कार्यकारी अधिकृत फणिन्द्र पाण्डेले बताउनुभयाे ।








काठमाडौ, ८ मंसिर । युनिलिभर नेपाल लिमिटेड (UNL) को लाभांश सुरक्षित गर्ने आज (मंसिर ८…
पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा… 




