
काठमाडौं २७ माघ। घलेम्दी हाइड्रोकाे नोक्सानी बढेकाे छ । कम्पनीकाे चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको विवरण अनुसार नोक्सानी गत आर्थिक वर्षको सोही अवधिकोचन्दा बढेको हाे।
गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीकाे नाेक्सानी १६ लाख ९७ हजार रुपैयाँ रहेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा १ करोड ७० लाख नोक्सानी रहेकाे छ।
कम्पनीकाे विद्युत बिक्री आम्दानी केहि बढेकाे भएपनि खर्च बढेकाेले नोक्सानी ब्याेहाेरेकाे हो।
विद्युत बिक्री आम्दानी ६ करोड ७४ लाख रुपैयाँबाट बढेर ६ करोड ९७ लाख रुपैयाँ भएकाे छ। अन्य आम्दानी २ करोड २५ लाख रुपैयाँबाट घटेर २१ लाख ९१ हजार रहेकाे छ । कुल आम्दानी ८ करोड ९९ लाख रुपैयाँबाट घटेर ७ करोड १९ लाख रुपैयाँ रहेकाे छ। कुल खर्च ८ करोड ६० लाख रुपैयाँबाट बढेर ८ करोड ८४ लाख रुपैयाँ भएकाे छ।
कम्पनीको चुक्ता पूँजी १ अर्ब ६५ करोड रुपैयाँ रहेकाे छ । जगेडा कोषमा २५ करोड ३२ लाख रुपैयाँ ऋणात्मक रहेको छ। पुस मसान्तसम्म प्रतिशेयर नेटवर्थ ९५ रुपैयाँ ६५ पैसा रहेको छ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




