
काठमाडौं, २७ माघ । सानिमा मिडिल तमोर हाइड्रोपावरकाे खुद नाफा घटेकाे छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिकोभन्दा ३४.०४ प्रतिशतले घटेको हाे।
चालु आर्थिक वर्षको पहिलो ६ महिनामा १८ करोड १० लाख रुपैयाँ खुद नाफा गरेकाे छ। जाे गत आर्थिक वर्षको सोही अवधिकोभन्दा ३४.०४ प्रतिशत थाेरै हो। याे नाफा गत आर्थिक वर्षको सोही अवधिसमा २७ करोड ४४ लाख रुपैयाँ थियो।
विद्युत बिक्री आम्दानी १६.९३ प्रतिशतले घटेको छ। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा १ अर्ब ७ करोड रुपैयाँ विद्युत बिक्री आम्दानी गरेको थियाे । चालु आर्थिक वर्षको सोही अवधिमा ८८ करोड ९१ लाख रुपैयाँ आम्दानी गरेको छ। कुल नाफा १८.९० प्रतिशत र खुद सञ्चालन मुनाफा २७.०४ प्रतिशतले घटेको छ। वित्तीय खर्च ४१ करोड ९६ लाख रुपैयाँबाट घटेर ३१ करोड ६८ लाख रुपैयाँ रहेकाे छ।
कम्पनीको प्रतिशेयर आम्दानी ५ रुपैयाँ ६१ पैसा घटेर १० रुपैयाँ ८६ पैसा कायम भएकाे छ। प्रतिशेयर नेटवर्थ ११५ रुपैयाँ ५७ पैसा रहेको छ । मूल्य आम्दानी रेसियाे ४१.३३ गुणा छ।
कम्पनीको चुक्ता पूँजी ३ अर्ब ३३ करोड २५ लाख रुपैयाँ रहेकाे छ । रिटेन्ड अर्निङ्गमा ५१ करोड ४५ लाख रुपैयाँ सञ्चित रहेकाे जनाइएकाे छ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




