यसकारण शिखर इन्स्योरेन्स करिब साढे ४ कराेड नोक्सानीमा

-



     सफल आवाज    
     माघ २९ गते २०८२ मा प्रकाशित



काठमाडौं, २९ माघ । दाबी भुक्तानी बढेको कारण शिखर इन्स्योरेन्सले नोक्सानी व्यहोरेको छ। कम्पनीकाे गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार उक्त नोक्सानी व्यहोरेको हाे ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्म इन्स्योरेन्सले ४ करोड ४७ लाख रुपैयाँ नोक्सानी व्यहोरेको हाे । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिमा २५ करोड ७३ लाख रुपैयाँ नाफा गरेकाे थियो।

गत भदाैमा भएकाे जेनजी आन्दोलनमा भएको क्षतिकाे दाबी भुक्तानी बढेपछि नोक्सानी व्यहोर्नु परेको वित्तीय विवरणमा उल्लेख गरिएकाे छ।

इन्स्योरेन्सको खुद आर्जित बीमाशुल्क २२.४१ प्रतिशतले बढेको छ । कुल आम्दानी ५.७१ प्रतिशतले बढेको छ भने खुद दाबी भुक्तानी १२२.५६ प्रतिशतले बढेकाे छ । कुल खर्च ६२.१५ प्रतिशतले बढेको छ।

प्रतिशेयर आम्दानी ३ रुपैयाँ ६ पैसा ऋणात्मक रहेको छ । नेटवर्थ १९६ रुपैयाँ ६४ पैसा छ। कम्पनीकाे चुक्ता पूँजी २ अर्ब ९२ करोड रुपैयाँ रहेको छ ।

जगेडा कोषमा १ अर्ब ९१ करोड रुपैयाँ, महाविपत्ती कोषमा १६ करोड ७ लाख रुपैयाँ रहेकाे छ। रिटेन्ड अर्निङ्गमा १६ करोड ११ लाख रुपैयाँ तथा अन्य इक्विटीमा ५८ करोड ३ लाख रुपैयाँ रहेको जनाइएकाे छ।