हाथवे इन्भेष्टमेन्टको नाफा र प्रतिशेयर आम्दानी दुबै बढ्यो

-



     सफल आवाज    
     माघ २९ गते २०८२ मा प्रकाशित



काठमाडौं, २९ माघ। हाथवे इन्भेष्टमेन्ट नेपालकाे नाफा बढेको छ। कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार खुद नाफा गत आर्थिक वर्षको सोही अवधिकोभन्दा बढेको हाे ।

कम्पनीले १ करोड ९४ लाख रुपैयाँ खुद नाफा कमाएकाे छ। जाे नाफा गत आर्थिक वर्षको सोही अवधिकोभन्दा ३०.३१ प्रतिशतले धेरै हो। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ करोड ४९ लाख रुपैयाँ खुद नाफा गरेकाे थियो।

सञ्चालन आम्दानी ७४.७४ प्रतिशतले बढेको छ । कुल आम्दानी ७६.१७ प्रतिशतले बढेको छ ने कुल खर्च ११५.२५ प्रतिशतले बढेको विवरणमा उल्लेख छ।

कम्पनीको प्रतिशेयर आम्दानी पनि १७ पैसा बढेर १ रुपैयाँ २३ पैसा भएकाे छ। प्रतिशेयर नेटवर्थ ६७ रुपैयाँ ३८ पैसा रहेको छ । मूल्य आम्दानी रेसियाे भने ७२०.९० गुणा छ। कम्पनीको चुक्ता पूँजी १ अर्ब ५८ करोड रुपैयाँ रहेकाे छ । जगेडा कोषमा ५५ करोड १२ लाख रुपैयाँ रहेकाे छ।