
काठमाडौं, १ फागुन । एनआईसी एशिया बैंक लिमिटेडले यसपटक लाभांश वितरण नगर्ने भएकाे छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने बताएकाे हाे ।
बैंकको सञ्चालक समितिको माघ २९ गते बसेको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेकाे हाे । बैंकले सोही निर्णय अनुसार गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीका लागि राष्ट्र बैंका पठाउने भएकाे छ ।
आर्थिक वर्ष २०७९/८० मा बैंकले २९ प्रतिशत बोनस शेयर र १.५३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो। त्यसपछि बैंकले लाभांश वितरण गरेको छैन। बैंकले ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने तयारीमा रहेको जनाएकाे छ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




