
काठमाडौं, ११ फागुन। । नेपाल राष्ट्र बैंकले आफ्नो कर्मचारी सुरक्षण कोषमा रहेको कुल १ अर्ब १० करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरूमा मुद्दती निक्षेपका रूपमा लगानी गर्ने भएको छ ।
बैंकको वित्त व्यवस्थापन विभागले एक सूचना जारी गर्दै इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूबाट ब्याजदर प्रस्ताव माग गरेको छ।
लगानीको वर्गीकरण
राष्ट्र बैंकले कुल लगानी योग्य रकमलाई देहाय बमोजिम विभाजन गरेको छ:
- वाणिज्य बैंकहरू (‘क’ वर्ग): ८८ करोड रुपैयाँ
- राष्ट्रिय स्तरका विकास बैंकहरू (‘ख’ वर्ग): १६ करोड ५० लाख रुपैयाँ
- राष्ट्रिय स्तरका वित्त कम्पनीहरू (‘ग’ वर्ग): ५ करोड ५० लाख रुपैयाँ
अवधि र प्रक्रिया
यो रकम ३६६ दिनका लागि (ई.सं. २०२६ फेब्रुअरी २७ देखि २०२७ फेब्रुअरी २७ सम्म) मुद्दती निक्षेपमा राखिनेछ । इच्छुक संस्थाहरूले मिति २०८२ फागुन १३ गते १९:०० बजेभित्र fmdbid@nrb.org.np मा पासवर्ड प्रोटेक्टेड फाइलमार्फत आवेदन दिनुपर्नेछ । उक्त फाइलको पासवर्ड भने २०८२ फागुन १४ गते बिहान १०:०० देखि १२:०० बजेभित्र उपलब्ध गराउनु पर्ने बैंकले जनाएको छ ।
योग्यता र सर्तहरू
लगानी प्राप्त गर्न संस्थाहरूले निम्न मापदण्डहरू पूरा गर्नुपर्नेछ:
- संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा भएको हुनुपर्ने ।
- बैंकले तोकेको न्यूनतम कुल पूँजीकोष (Buffer सहित) कायम रहेको हुनुपर्ने ।
- निष्कृय कर्जा (NPL) कुल कर्जाको ८ प्रतिशत र खुद निष्कृय कर्जा ३ प्रतिशत भन्दा कम हुनुपर्ने ।
- अघिल्लो आर्थिक वर्षमा संस्था खुद मुनाफामा रहेको हुनुपर्ने ।
- शीघ्र सुधारात्मक कारवाहीमा परेको भए फुकुवा भएको ६ महिना पूरा भएको हुनुपर्ने ।
ब्याज भुक्तानी र जरिवाना
छनौट भएका संस्थाले मुद्दती निक्षेपमा त्रैमासिक रूपमा ब्याज उपलब्ध गराउनुपर्नेछ । यदि भुक्तानी म्याद नाघेमा वा खातामा पर्याप्त मौज्दात नभई साँवा-ब्याज असूल हुन नसकेमा, सम्बन्धित संस्थाले ब्याजदर बराबरकै थप पेनाल ब्याज समेत बेहोर्नुपर्ने सर्त राखिएको छ ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




