
काठमाडौं, १५ फागुन । पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडले फागुन १२ गतेदेखि निष्काशन गरेकाे आईपीओमा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेको छ।
कम्पनीले यसअघि उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि शेयर निष्काशन गरेर बाँडफाँट गरिसकेकाे छ ।
कम्पनीका अनुसार रुपैयाँ ७५ करोड बराबरको ७५ लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएकोमा १८ लाख ७५ हजार कित्ता साधारण शेयर उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि रहेकाे छ ।
५ लाख ६२ हजार ५०० कित्ता साधारण शेयर विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरिएकाे थियो। २ लाख ८१ हजार २५० कित्ता साधारण शेयर सामूहिक लगानी कोषहरुका लागि रहेकाे छ । २ लाख ८१ हजार २५० कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि बाँडफाँट भइसकेकाे छ।
याे दाेश्राे चरणमा कम्पनीले ४५ करोड रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ४५ लाख कित्ता शेयर सर्वसाधारणका लागि खुलाएकाे हो।
लागनीकर्ताले घटीमा १० कित्ता र बढीमा १ लाख कित्ताका लागि आवेदन दिन पाउनेछन्। यसका लागि फागुन १५ गतेसम्म आवेदन दिन सकिने छ । साे अवधिमा माग अनुसारकाे आवेद नपरेमा फागुन २६ गतेसम्म आवेदन दिन सकिनेछ।
लगानीकर्ताले सेबाेनबाट स्वीकृति प्राप्त गरेका सिआस्बा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाहरु र तोकिएका शाखाहरुबाट आवेदन दिन पउनेछन्। साथै मेरो शेयर अनलाइनबाट पनि आवेदन दिन सकिनेछ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




