
काठमाडौं, २५ फागुन । एपोलो हाइड्रोपावरकाे आईपीओमा आवेदन दिने म्याद थप भएकाे छ । कम्पनीले फागुन ११ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि आईपीओ निष्काशन गरकाे थियाे । अब आईपीओमा चैत १० गतेसम्म आवेदन दिन सकिने भएकाे छ।
कम्पनीले १४ करोड १० लाख रुपैयाँ बराबरको १४ लाख १० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएकोमा सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुनने ९ लाख ४० हजार रुपैयाँबराबरको ९४ हजार कित्ता विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि रहेकाे छ ।
लगानीकर्ताले घटीमा १० कित्ता तथा बढीमा ९४ हजार कित्ताका लागि आवेदन दिन पाउनेछन्। कम्पनीले ६ मेगावाटको बुकु खोला जलविद्युत आयोजना सञ्चालन गरेको छ । यसकाे कुल लागत १ अर्ब ३७ करोड २० लाख ३९ हजार रुपैयाँ रहेको छ ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले सेबाेनबाट अनुमति लिएका सिआस्बा सेवामा रहेका बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सक्नेछन् । शेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




