
काठमाडौं, २६ फागुन । शिखर पावर डेभलपमेन्ट लिमिटेडले फागुन १७ गतेदेखि निष्काशन गरेकाे आईपीओमा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेको छ।
कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि शेयर निष्काशन गरेर बाँडफाँड गरिसकेकाे छ ।
कम्पनीले ३२ करोड रुपैयाँ बराबरको ३२ लाख कित्ता शेयर निष्काशनकाे अनुमति पाएकोमा ९ लाख ८० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानियका लागि रहेकाे छ । २ लाख २२ हजार कित्ता साधारण शेयर विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि रहेकाे छ । १ लाख ११ हजार कित्ता शेयर सामूहिक लगानी कोषहरुका बाँडफाँट भइसकेकाे छ।
कम्पनीले यस चरणमा कम्पनीका कर्मचारीहरुका लागि ४४ हजार ४०० कित्ता छुट्याएकाे छ । बाँकी रहेको १८ करोड ४२ लाख ६० हजार रुपैयाँबराबरको १८ लाख ४२ हजार ६०० कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरिएकाे हो।
लगानीकर्ताले घटीमा १० कित्ताका लागि आवेदन दिन सकिनेछ । बढीमा १० हजार कित्ताका लागि आवेदन दिन सकिने भएकाे छ। ताेकिएकाे अवधिमा पूरा आवेदन नपरेमा चैत १ गतेसम्म आवेदन दिन सकिनेछ।
लगानीकर्ताले सेबाेनबाट अनुमति लिएका सि आस्बा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाहरु र तोकिएका शाखाहरुबाट आवेदन दिन पाउनेछन्।
शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




