सोपान फर्मास्युटिकल्स र याम्बलिङ हाइड्रोपावरले पाए आईपीओ निष्काशनकाे अनुमति

-



     सफल आवाज    
     फागुन १८ गते २०८२ मा प्रकाशित



काठमाडौं, १८ फागुन । नेपाल धितोपत्र बोर्ड (सेबाेन) ले सोपान फर्मास्युटिकल्स र याम्बलिङ हाइड्रोपावरलाई आईपीओ जारी गर्नका लागि अनुमति दिएकाे छ ।

सोपान फर्मास्युटिकल्सले ४२ करोड ९० लाख रुपैयाँबराबरको आईपीओ निष्काशनकाे अनुमति पाएकाे छ। कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा ४२ लाख ९० हजार कित्ता आईपीओ खुलाउने भएकाे छ।

आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ।

यस्तै, याम्बलिङ हाइड्रोपावरले २८ करोड रुपैयाँबराबरको आइपीओ खुलाउने भएकाे छ। कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा २८ लाख कित्ता आईपीओ खुलाउनेछ। आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ।