प्रभु इन्स्योरेन्सद्वारा लाभांश घोषणा

-



     सफल आवाज    
     फागुन १९ गते २०८२ मा प्रकाशित



काठमाडौं, १९ फागुन । प्रभु इन्स्योरेन्स लिमिटेडले शेयरधनीहरुलाई लाभांश वितरण गर्ने भएकाे छ । कम्पनिले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको हाे।

इन्स्योरेन्सका अनुसार हाल कायम रहेकाे चुक्ता पूँजीको ८.७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.४६७९ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा भएकाे जनाइएकाे छ ।

इन्स्योरेन्सको फागुन १७ गते बसेको सञ्चालक समितिको बैठकले उक्त दरमा लाभांश वितरण गर्ने भएकाे हो।

प्रभु इन्स्योरेन्सकाे साे घाेषणा गरिएकाे लाभांशकाे प्रस्ताव नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भएर कमपनीकाे आगामी साधारण सभाले अनुमाेदन गरेपछि वितरण गरिने जनाइएकाे छ।