
काठमाडौं, १९ फागुन । फागुन २१ गते हुने निर्वाचन मंगलबार नेप्सेकाे उकालाेकाे यात्रामा गएकाे छ । उसाेमा गएका पाँचवटा काराेबारमा नेप्से उकालाेकै यात्रामा थियाे भने यसदिन पनि साेहि यात्राले निरन्तरताल लिएकाे छ ।
नेप्से परिसूचक ३८.५२ अंकले बढेर २७१२.४९ विन्दुमा उक्लिएकाे छ। सेन्सेटिभ इण्डेक्स ६.२५ अंकले बढेको छ । फ्लोट इण्डेक्स ३.०३ अंकले बढेकाे छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स २.४१ अंकले बढेको छ।

कारोबार रकममा पनि बृद्धि भएकाे छ। यसअघि ५ अर्ब ६४ करोड रुपैयाँबराबरको शेयर काराेबार भएकाेमा यस दिन ३२९ कम्पनीहरुकाे ६१ हजार ३२९ पटकको शेयर कारोबार हुँदा ६ अर्ब २३ करोड ४३ लाख ८१ हजार रुपैयाँबराबरको १ करोड ५१ लाख ८४ हजार कित्ता शेयर किनबेच भएको छ।
सालपा विकास बैंकको शेयरमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ। बैंकको शेयरमूल्य ६४ रुपैयाँ २० पैसा बढेर ७०७ रुपैयाँ १० पैसामा कारोबार भएको छ। पञ्चकन्या माइ हाइड्रोपावर र रिलायन्स स्पिनिङ्ग मिल्सको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ । मोलुङ्ग हाइड्रोपावर कम्पनीको शेयरमूल्य ६ प्रतिशत बढी बढेको छ।
कारोबारकाे आधारमा आँखु खोला जलविद्युत कम्पनी अगाडी रहेको छ। कम्पनीको ३४ करोड ६५ लाख ३० हजार रुपैयाँबराबरको शेयर कारोबार भएको नेप्सेले जनाएकाे छ। रिडी हाइड्रोपावरको साढे २७ करोड बढीको काराेबार भएकाे छ ।एसवाई प्यानल नेपालको कारोबार साढे २४ करोड रुपैयाँ बढीकाे काराेबार भएकाे छ।
१३ उपसमूहमध्ये १२ उपसमूहमा हरियाली छाएकाेको छ । बाँकी रहेकाे एउटामा राताे लागेकाे छ । जलविद्युत उपसमूहको परिसूचक सबैभन्दा धेरै २.१३ प्रतिशत बढेको छ। बैंकिङ्ग, विकास बैंक, वित्त, होटल तथा पर्यटन, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




