शेयर बजारकाे काराेबार अब फागुन २५ मा खुल्ने

-



     सफल आवाज    
     फागुन २० गते २०८२ मा प्रकाशित



काठमाडौं, २० फागुन । प्रतिनिधि सभा निर्वाचनमा दिइएकाे बिदा र शेयर काराेबार नुहने दिनहरुसहित लगातार पाँच दिन बिदाका कारण शेयर बजारकाे काराेबार अब साेमबार मात्रै खुल्ने भएकाे छ ।

चुनाव अघि फागुन १९ गते मंगलबार खुलेकाे शेयर बजार अब एकैपटक फागुन २५ गते खुल्नेछ । फागुन २१ गते हुने प्रतिनिधि सभा निवार्चनका लागि सरकारले फागुन २० देखि २४ सम्म सार्वजनिक बिदा दिइएकाेले पनि फागुन २५ गते साेमबार मात्रै शेयर बजार खुल्ने भएकाे हाे ।

याे साता दुई दिन मात्र शेयरमा काराेबार भएकाे छ । निर्वाचन अघिकाे दिन मंगलबार शेयर बजार सकारात्मक हुँदै बढेर बन्द भएकाे थियाे । उसाे गएका पाँच काराेबारहरु सकारात्मक लयका गए थिए ।

मंगलबार नेप्से परिसूचक ३८.५२ अंलेक बढेर २७१२.४९ विन्दुमा उक्लिएकाे थियाे ।