
सुदूरपश्चिम, २२ फागुन। प्रतिनिधिसभा सदस्यको जारी मतगणनाका क्रममा कैलाली निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका कोमल ज्ञवालीले अग्रता बढाउनुभएको छ । सुरुदेखि नै अग्रस्थानमा रहनुभएका नेपाली कांग्रेसका जनकराज चौधरीलाई पछि पार्दै ज्ञवालीले दुई हजार ७२४ मत प्राप्त गरी अग्रता बढाउनुभएको हो ।
कांग्रेसका चौधरीले दुई हजार ५७६ मत प्राप्त गर्नुभएको छ । तेस्रो स्थानमा स्वतन्त्र उम्मेदवार फागुराम चौधरीले एक हजार ५८७ मत प्राप्त गर्नुभएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार कैलाली क्षेत्र नं २ मा नेकपा (एमाले)का सूर्यबहादुर शाहले ९३२ मत प्राप्त गरी अग्रता बनाउनुभएको छ ।
उहाँलाई नेपाली कांग्रेसका विजयबहादुर स्वाँरले ८१० मत र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नन्दबहादुर साउदले ८०५ मत प्राप्त गरेर पछ्याइरहनुभएको छ । क्षेत्र नं ३ को मतगणना परिणामअनुसार नेकपाका वीरमान चौधरी ९४२ मत प्राप्त गरी अग्रता लिनुभएको छ । उहाँलाई रास्वपाका जगत जोशीले ८६२ मत र नागरिक उन्मुक्ति पार्टी, नेपालका विक्रम चौधरीले ८१५ मत प्राप्त गरी पछ्याइरहनुभएको छ ।
क्षेत्र नं ४ को जारी मतगणनामा रास्वपाका खेमराज कोइरालले १८४ मत प्राप्त गरी सुरुआती अग्रता बनाउनुभएको छ । उहाँलाई नेपाली कांग्रेसका गोरखबहादुर विष्टले १३२ मत र नेकपा (एमाले)का लेखराज भट्ट १०६ मत प्राप्त गरी पछ्याइरहनुभएको छ । कैलाली निर्वाचन क्षेत्र नं ५ (धनगढी क्षेत्र)मा रास्वपाका आनन्दबहादुर चन्दले सुरुदेखि नै अग्रता कायम राख्नुभएको छ ।
पछिल्लो मतगणनाअनुसार उहाँले छ हजार ७३ मत प्राप्त गर्नुभएको छ । उहाँलाई नेपाली कांग्रेसका नरनारायण शाहले दुई हजार ३४८ मत र नेकपा (एमाले)का यज्ञराज ढुङ्गानाले एक हजार ५२० मत प्राप्त गरी पछ्याइरहनुभएको छ ।








काठमाडौ, ८ मंसिर । युनिलिभर नेपाल लिमिटेड (UNL) को लाभांश सुरक्षित गर्ने आज (मंसिर ८…
काठमाडौं, ८ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
काठमाडौं, ८ मङ्सिर। ताप्लेजुङको ओलाङचुङगोला र तिब्बतको सीमा क्षेत्र आसपासलाई केन्द्रविन्दु बनाएर पाँच दशमलव छ…
पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित… 




