
काठमाडौं, २३ फागुन।
बालेन बाबु,
बिजयको लागि तपाईंलाई बधाई !
तपाईंको पॉच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस्-हार्दिक शुभकामना !
यी माथिका तीन लाईनका पन्ध्र वाक्य नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपि शर्मा ओलीका हुन् ।
नेकपा एमालेका अध्यक्ष, पूर्वप्रधानमन्त्री तथा प्रतिनिधि सभा निर्वाचन २०८२ मा झापा क्षेत्र नं ५ बाट उम्मेदवार रहेका ओलीले शनिबार साँझ प्रतिद्वन्दी बालेन शाहलाई तबला दिएको फोटो शेयर गरेर जितकाे शुभकामना तथा बधाई दिएका हुन्।

बालेन शाह काठमाडौं महानगरपालिकाको मेयर भएपछि ओलीलाई भेट्न गएको बेलामा तत्कालिन प्रधानमन्त्री ओलीले तबला उपहार दिएर बधाई दिएका थिए ।
सोहि बेलामा खिचिएको तस्बिरलाई शनिबार साँझ फेसबुकमा शेयर गर्दै ओलीले बालेनलाई बधाई दिएका हुन् ।
ओलीले बालेनसंगको प्रतिष्पर्धामा भारि मतले पछि परेपछि जितकाे लागि बधाई तथा शुभकामना दिएर परिपक्व राजनीतिक संस्कार देखाएका छन् ।
उसाे त बालेन काठमाडौं महानगरपालिकाकाे प्रमुख हुँदा त्यो बेलामा सरकारसंगकाे सम्बन्ध राम्रो थिएन । बालेनले तत्कालिन सरकारसंग असन्तुष्टि र कटाक्ष गरेका कुराहरु सामाजिक सञ्जालमा लेखिरहेका हुन्थे ।
यहि फागुन २१ मा सम्पन्न भएकाे निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन उनकाे पार्टीबाट भावि प्रधानमन्त्रीकाे रुपमा खडा गरिएका उम्मेदवार हुन् जाे भारि मतका साथ झापा क्षेत्र नं ५ बाट ओलीलाई विजयी भएका छन्।
निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम नतिजाअनुसार उनले कुल ६८ हजार ३४८ मत प्राप्त गरे । निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले १८ हजार ७३४ मत प्राप्त गरे ।








काठमाडौ, ८ मंसिर । युनिलिभर नेपाल लिमिटेड (UNL) को लाभांश सुरक्षित गर्ने आज (मंसिर ८…
पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा… 




