राष्ट्र बैंकका दुई डेपुटी गभर्नरको पदावधि आज सकिँदै 

-



     सफल आवाज    
     फागुन २५ गते २०८२ मा प्रकाशित



काठमाडौं, २५ फागुन । राष्ट्र बैंकका दुई डेपुटी गभर्नरको पदावधि आज सकिँदैछ । डेपुटी गभर्नर नीलम ढुंगाना र बमबहादुर मिश्रको कार्यकाल सनेाकनर सकिन लागेको हो। दुवै जना २०७७ फागुन २५ गते डेपुटी गभर्नरमा नियुक्त भएका थिए। 

नियमअनुसार डेपुटी गभर्नरको कार्यकाल पाँच वर्षको हुन्छ। आफ्नाे कार्यकाल पूरा गरेका दुवैलाई आज एक औपचारिक कार्यक्रम गरेर बिदा गर्न लागिएकाे छ। 

राष्ट्र बैंककाे नियम अनुसार डेपुटी गभर्नरमा नियुक्त हुनका लागि कार्यकारी निर्देशक पदमा कार्यरत हुनुपर्छ । साेहि व्यवस्थाकाे आधारमा हाल काम गरिरहेकाे डेढ दर्जन कार्यकारी निर्देशक डेपुटी गभर्नरका प्रत्यासीका रूपमा छन्।  नयाँ नियुक्तिको बारेमा भने प्रकृया सुरु गरिएकाे छैन।