
बेइजिङ, २६ फागुन । घरेलु माग कमजोर रहँदा पनि चीनले वर्षको सुरुआत उल्लेखनीय व्यापार वृद्धिसहित गरेको छ । आधिकारिक तथ्याङ्कअनुसार सन् २०२६ को पहिलो दुई महिनामा चीनको कुल व्यापार करिब २० प्रतिशतले बढेको देखिएको छ ।
यद्यपि अमेरिकातर्फको निर्यात घटे पनि अन्य प्रमुख बजारमा भएको वृद्धिले त्यसको भरपाइ गरेको छ । मङ्गलबार सार्वजनिक गरिएको भन्सारको सामान्य प्रशासनको तथ्याङ्कले जनवरी–फेब्रुअरी अवधिमा चीनको निर्यात २१.८ प्रतिशतले बढेको देखाएको छ । यो वृद्धि अर्थशास्त्रीहरूले गरेको ७.२ प्रतिशतको पूर्वानुमानभन्दा निकै माथि हो ।
घरेलु उपभोक्ता गतिविधि सुस्त हुँदै गएको अवस्थामा निर्यातमा आएको यो वृद्धि विश्वको दोस्रो ठूलो अर्थतन्त्रका लागि महत्त्वपूर्ण सहारा बनेको छ । यसले गत वर्ष हासिल गरिएको चीनको रेकर्ड व्यापार अधिशेषलाई थप विस्तार गरेको छ । पहिलो दुई महिनाको व्यापार तथ्याङ्क सामान्यतया चन्द्र नयाँ वर्षको बिदाका कारण हुने उतारचढावलाई समेटेर संयुक्त रूपमा सार्वजनिक गरिन्छ ।
यस पटकको तथ्याङ्कले मध्यपूर्वमा युद्ध सुरु हुनुअघि नै चीनको अर्थतन्त्रले सन् २०२६ को सुरुआत बलियो ढङ्गले गरेको सङ्केत दिएको छ ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




