नेप्सेमा ३२.०८ अंककाे गिरावट, साढे २१ अर्बकाे काराेबार

-



     सफल आवाज    
     फागुन २६ गते २०८२ मा प्रकाशित



काठमाडौं, २६ फागुन । साताकाे शेयर काराेबार हुने तेश्राे दिन मंगलबार नेप्सेमा गिरावट भएकारे छ । काराेबकार रकममा भने साढे ७ महिनायताकै बढी भएकाे छ ।

प्रतिनिधि सभाकाे निर्वाचन पछि भएकाे पहिलो काराेबाररमा साेमबार तीन पटक सकारात्मक सर्किट लागेर काराेबार भएकाे थियाे । सर्किट लागेपछि शेयर बजारकाे काराेबार १२ बजे बन्द भएको थियाे । तर त्यसकाे एक दिनपछि नेप्सेमा करेक्सन भएकाे छ । 

यसदिन नेप्से परिसूचक ३२.०८ अंकले घटेर २८४३.३५ बिन्दुमा रहेकाे छ। साेमबार १२ बजेसम्म ५५ करोड ५९ लाख ६३ हजारको कारोबार भएको थियाे ।

यसदिन २१ अर्ब ५० करोड २० लाख ३१ हजार रुपैयाँको कारोबार भएको छ । यो कारोबार गएका साढे सात महिनायताकै बढी हो। यसअघि गएकाे साउन ११ गते २६ अर्ब ५७ करोडको कारोबार भएको थियाे । जम्मा ५ करोड २७ लाख ११ हजार ३५३ कित्ता सेयर किनबेच भएकाे छ । 

नेप्सेका अनुसार ७८ कम्पनीहरुको शेयरमूल्य घटेको छ । १७८ कम्पनीको शेयरमूल्य बढेको छ। पाँच कम्पनीहरुको शेयरमूल्य स्थिर रह्यो। रिलायन्स स्पिनिङ मिल्स र सालपा विकास बैंकको सेयरमूल्यमा सकारात्मक सर्किट ब्रेक लागेको छ।

निर्जीवन बीमा ०.४७ तथा जीवन बीमामा ०.५१ प्रतिशत बढेकाे छ । बैंकिङ १.२७, विकास बैंक १.१६, फाइनान्स २.०६, होटल तथा पर्यटन १.८५, जलविद्युत् १.४५, लगानी १.४८, उत्पादन तथा प्रशोधन १.८२, माइक्रोफाइनान्स ०.१७, अन्य १.४० र व्यापारमा २.१२ प्रतिशतले गिरावट भएकाे छ।