
सियोल, २७ फागुन । मध्यपूर्वमा बढ्दो युद्धका कारण अमेरिकाले दक्षिण कोरियामा तैनाथ आफ्ना केही सैन्य उपकरण त्यहाँ सार्न सक्ने समाचार सार्वजनिक भइरहेका बेला सियोलले आफ्नो सुरक्षा व्यवस्थामा कुनै कमजोरी नआउने दाबी गरेको छ ।
दक्षिण कोरियाको रक्षा मन्त्रालयले बुधबार यस्तो सम्भावित कदम भए पनि उत्तर कोरियाबाट आउने खतरा रोक्ने क्षमतामा कुनै समस्या नपर्ने स्पष्ट पारेको हो । दक्षिण कोरियाको प्रमुख सुरक्षा साझेदार अमेरिका करिब २८ हजार ५०० सैनिकसहित त्यहाँ स्थायी रूपमा तैनाथ छ ।
यी सैनिकसँगै विभिन्न हवाई तथा मिसाइल रक्षा प्रणालीहरू पनि दक्षिण कोरियामा राखिएका छन्, जसले उत्तर कोरियाको सम्भावित आणविक तथा ब्यालेस्टिक मिसाइल आक्रमणलाई रोक्न सहयोग गर्ने उद्देश्य राख्छन् ।
अमेरिकी पत्रिका द वासिङ्टन पोस्टले यसै साता अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै अमेरिकाले आफ्नो टर्मिनल हाई अल्टिच्युड एरिया डिफेन्स (थाड) प्रणालीका केही अंश दक्षिण कोरियाबाट मध्यपूर्वतर्फ सार्ने तयारी गरिरहेको खबर सार्वजनिक गरेको थियो । इरानसँग सम्बन्धित बढ्दो तनाव र युद्धको अवस्थालाई ध्यानमा राख्दै उक्त सैन्य सम्पत्ति सार्न लागिएको हुन सक्ने अनुमान गरिएको छ ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




