
काठमाडौं, ११ चैत । गरिमा क्यापिटल लिमिटेडले फागुन २८ गतेदेखि निष्काशन गरेकाे पहिलो खुलामुखी योजना, गरिमा सुवर्ण योजनाको इकाई खरिदका लागि आवेदन दिने आज अन्तिम दिन बाँकी रहेको छ। याे योजनाको आकार १ अर्बकाे रहेकाे छ।
क्यापिटलले पहिलो चरणमा ५० करोड रुपैयाँ बराबरको ५ करोड इकाई बिक्रीमा ल्याएकाे हाे । कुल इकाईमध्ये ९० लाख इकाई कोषकाे रहेकाे प्रवर्धक गरिमा विकास बैंकका लागि रहेकाे छ ।
६० लाख इकाई योजना व्यवस्थापक कम्पनी गरिमा क्यापिटल लिमिटेडका लागि रहेकाे छ। बाँकी रहेको ३५ करोड रुपैयाँबराबरको प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यको ३ करोड ५० लाख इकाई सर्वसाधरणका लागि रहेकाे छ ।
गरिमा सुवर्ण योजना खुलामुखी योजना हाे । गरिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने योजनाको इकाईमा चैत २ गतेसम्म आवेदन दिन पाइने भएकाे छ। ताेकिएकाे अवधिमा पूरा आवेदन नपरेमा चैत १२ गतेसम्म आवेदन दिन सकिनेछ ।
यस याेजनाकामा इकाईमा लगानीका लागि सेबाेनबाट अनुमति लिएका सि आस्बा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाहरुबाट र मेरो शेयर अनलाइनबाट आवेदन दिन सकिनेछ ।
शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा गरिमा क्यापिटल क्यापिटल लिमिटेड रहेको छ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




