चैत २२ गतेदेखि शतप्रतिशत हकप्रद शेयर जारी गर्दै बुद्धभुमी नेपाल हाइड्रोपावर

-



     सफल आवाज    
     चैत्र ६ गते २०८२ मा प्रकाशित



काठमाडौं, ६ चैत । बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनीले चैत २२ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने भएको छ। कम्पनीका अनुसार हाल कायम रहेकाे चुक्ता पूँजीको शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो।

कम्पनीले १ कित्ता शेयर बराबर नयाँ १ कित्ताकाे रेसियाेमा ४० करोड रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरमा ४० लाख कित्ता हकप्रद शेयर निष्काशन गर्ने भएकाे हाे।

शेयर निष्काशनकाे प्रयोजनका लागि कम्पनीले फागुन १ गते बुकक्लोज गरिसकेकाे छ । माघ २९ गतेसम्म नेप्सेमा शेयर काराेबार गरी कायम भएका शेयरधनीहरुले हकप्रद शेयरमा आवेदन दिन पाउनेछन्। यसका लागि २०८३ बैशाख १३ गतेसम्म आवेदन दिन पाइनेछ ।

लगानीकर्ताले बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल, महाराजगञ्जस्थित कार्यालय, जलविद्युत गृह रहेको स्थान तनहुँकाे थप्रेक, नुवाकोट र एनआईसी एशिया बैंकको विराटनगर, विरगञ्ज, नारायणघाट, पोखरा, बुटवल, नेपालगञ्ज, धनगढी र सुर्खेत शाखा कार्यालयबाट आवेदन दिन पाउनेछन्। साथै ‘मेरो शेयर’ अनलाइनबाट पनि आवेदन दिन पाउनेछन्।

कम्पनीको चुक्ता पूँजी ४० करोड रहेको छ। हकप्रद शेयर निष्काशन तथा बाँडफाँटपछि चुक्ता पूँजी ८० करोड रुपैयाँ पुग्ने भएकाे छ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ।