
काठमाडौं, ७ चैत । नेपाल रेडक्रस सोसाइटीले एक महिने सदस्यता वितरण अभियान सुरुआत गरेको छ । सोसाइटीले सूचना जारी गर्दै गत फागुन २५ गतेदेखि थालनी भएको सदस्यता वितरण अभियान यही चैत्र २४ गतेसम्म जारी रहने छ । जारी सूचनामा भनिएको छ, “नेपाल रेडक्रसको सदस्यता सदैव खुला रहेको व्यहोरा विदितै छ ।
यसका अतिरिक्त सोसाइटीको विधान २०२० (अठारौ संशोधन २०८२ सहित) को व्यवस्था र नेपाल रेडक्रस सोसाइटी केन्द्रीय तदर्थ समितिको २०८२ फागुन २४ गतेको बैठकले गरेको निणर्य वमोजिम सोसाइटीको सदस्यता प्राप्त गर्न इच्छुक नेपाली नागरिकहरूका लागि (युवाको सहभागिता र ३३ प्रतिशत महिला सुनिश्चित गर्न समेत) यस सोसाइटीद्वारा सदस्यता वितरण अभियान २०८२ फागुन २५ गतेदेखि २०८२ चैत्र २४ गतेसम्म (एकमहिनाको लागि) सञ्चालन भैरहेको व्यहोरा जानकारीका लागि अनुरोध छ ।”
सूचनामा रेडक्रस अभियानका सिद्धान्त, मूल्य मान्यता, र आदर्शलाई आत्मसात् गर्दै विधानमा उल्लेखित प्रक्रिया र तोकिएको शुल्क बुझाई सदस्यता लिन इच्छुक व्यक्तिहरूले आफूलाई पायकपर्ने पालिका तहमा पालिका शाखा, जिल्ला तहमा जिल्ला शाखाका अतिरिक्त प्रदेश तहमा प्रदेश कार्यालय र केन्द्रीय तहमा केन्द्रीय कार्यालयबाट समेत सदस्यता प्राप्त गर्न सकिने उल्लेख छ ।
सूचनामा भनिएको छ, “सम्पर्कका लागि नेपाल रेडक्रस सोसाइटीका पालिका तहका उपशाखाका सभापति वा सचिवहरू, ७७ वटै जिल्ला शाखाका सभापति वा मन्त्रीहरू, सात वटै प्रदेश कार्यालयका अध्यक्ष वा महासचिवहरू र केन्द्रीय कार्यालयमा महामन्त्रीसँग सम्पर्क गर्न सकिनेछ । थप जानकारीका लागि नेपाल रेडक्रस सोसाइटीको वेभसाइट www.nrcs.org हेर्नुहुन वा निःशुल्क हटलाइन सेवा ११३० मा सम्पर्क गर्न सकिन छ ।”








काठमाडौ, ८ मंसिर । युनिलिभर नेपाल लिमिटेड (UNL) को लाभांश सुरक्षित गर्ने आज (मंसिर ८…
काठमाडौं, ८ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
काठमाडौं, ८ मङ्सिर। ताप्लेजुङको ओलाङचुङगोला र तिब्बतको सीमा क्षेत्र आसपासलाई केन्द्रविन्दु बनाएर पाँच दशमलव छ…
पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित… 




