
काठमाडौं, २२ चैत । सानिगाड हाइड्रो लिमिटेडकाे आईपीओमा आवेदन दिने अवधि लम्बिएकाे छ । कम्पनीले चैत ८ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेको थियाे । अब आईपीओमा २०८३ बैशाख ७ गतेसम्म आवेदन दिन सकिनेछ।
कम्पनीले २ अर्ब ८५ करोड ५० लाख रुपैयाँ बराबरको ८५ लाख ५० हजार कित्ता शेयर निष्काशनकाे अनुमति पाएकोमा २८ करोड ५० लाख रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ दरका २८ लाख ५० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेकाे हो।
आयोजन प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरिने १८ लाख ५२ हजार ५०० कित्ता अति प्रभावित क्षेत्र सुदूरपश्चिमत प्रदेश, बझाङका बुंगल नगरपालिका वडा नं. १, २ र ४ का बासिन्दाहरुका लागि रहेकाे छ । यसमा बाँकी रहेको ९ लाख ९७ हजार ५०० कित्ता बुंगल नगरपालिकाका वडा नं. ३, ५, ६, ७, ९, १० र ११ का बासिन्दाहरुका लागि रहेकाे छ।
सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको ५ करोड ७० लाख रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका ५ लाख ७० हजार कित्ता विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि रहेकाे छ ।
लगानीकर्ताले घटीमा १० र बढीमा २० हजार कित्ताका लागि आवेदन दिन पाउनेछन्। आयोजना प्रभावित क्षेत्रका स्थानियले अब २०८३ बैशाख ७ गतेसम्म आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले चैत २२ गते आइतबारसम्म आवेदन दिन सक्नेछन्।
लगानीकर्ताले लक्ष्मी सनराइज बैंकको चैनपुर शाखा, ग्लोबल आइएमई बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकको बझाङ शाखा कार्यालयबाट आवेदन दिन पाउनेछन्। साथै पावर हाउस विरावगर, बुंगलबाट पनि आवेदन दिन सकिनेछ ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले सेबाेनबाट अनुमति लिएका सिआस्बा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र ताेकिएका शाखाहरुबाट पनि आवेदन दिन पाउनेछन्।
शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




