सोपान फर्मास्यूटिकल्सको आईपीओमा आजदेखि आवेदन खुला

-



     सफल आवाज    
     चैत्र ९ गते २०८२ मा प्रकाशित



काठमाडौं, ९ चैत । सोपान फर्मास्यूटिकल्स लिमिटेडले आजदेखि प्राथमिक शेयर निष्काशन गरेकाे छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेकाे हो।

कम्पनीले ४२ करोड ९० लाख रुपैयाँ बराबरको ४२ लाख ९० हजार कित्ता शेयर निष्काशनकाे अनुमति पाएकोमा १० प्रतिशतले हुने ४ करोड २९ लाख रुपैयाँ बराबरको ४ लाख २९ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेकाे हो।

यसमा २ लाख १४ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि रहेकाे छ । १ लाख ७१ हजार ६०० कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि र बाँकी रहेको ३४ लाख ७४ हजार ९०० कित्ता सर्वसाधारणका लागि रहेकाे छ।

शेयरमा न्यूनतम १० कित्ता र बढीमा ११ हजार कित्ताका लागि आवेदन दिन पाइनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले चैत १२ गतेसम्म आवेदन दिन पाउनेछन्। ताेकिएकाे अवधिमा पूरा आवेदन नपरेमा चैत २३ गतेसम्म आवेदन दिन सकिनेछ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले सेबाेनबाट अनुमति लिएका सिआस्बा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र तोकिएका शाखाहरु र मेरो शेयर अनलाईनबाट आवेदन दिन पाउनेछन्।

शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ।