
सिड्नी, ९ चैत । युरोपेली सङ्घकी प्रमुख उसुला फन डेर लेयन सोमबार अष्ट्रेलियामा पुगेकी छिन्, जहाँ वर्षौंदेखि वार्ता चलिरहेको स्वतन्त्र व्यापार सम्झौता टुंग्याउने आशा राखिएको छ ।
यो फन डेर लेयनको अष्ट्रेलियाको पहिलो यात्रा हो, र यो यात्रा मध्यपूर्व युद्धले उत्पन्न ऊर्जा असुरक्षाको पृष्ठभूमिमा भएको छ । उहाँ सोमबार सिड्नीमा अष्ट्रेलियाको राज्य प्रमुखसँग भेट गर्न र पारम्परिक स्वागत समारोहमा भाग लिन पुग्नुभएको हो, त्यसपछि उहाँ क्यानबेरामा पुगेर प्रधानमन्त्रीसँग भेट्ने र संसदलाई सम्बोधन गर्ने अपेक्षा गरिएको छ ।
उहाँसँगै युरोपेली सङ्घका व्यापार आयुक्त पनि छन्, जसले लामो समयदेखि प्रतिक्षित स्वतन्त्र व्यापार सम्झौतामा अन्ततः हस्ताक्षर हुन सक्छ भन्ने अड्कलबाजीलाई गति दिएको छ । अष्ट्रेलियाले पहिले युरोपेली सवारीसाधनमा लगाइएको विलासितापूर्ण कर हटाउन सक्निे भनेको थियो ।
अष्ट्रेलियाको सबैभन्दा ठूलो निर्यात बजार चीन हो भने अमेरिकी लगानी सबैभन्दा ठूलो स्रोत हो । तर सन् २०२० मा बेइजिङसँगको विवाद र गत वर्षको अमेरिकी व्यापार करका कारण, क्यानबेराले कृषकहरूको लागि निर्यात बजार विविधिकरणमा जोड दिएको छ । युरोपेली सङ्घ अष्ट्रेलियाको तेस्रो ठूलो दुईतर्फी व्यापार साझेदार र विदेशी लगानीको दोस्रो ठूलो स्रोत हो ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




