
काठमाडौं, १२ चैत । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले ‘मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यविधि, २०८२’ अनुमाेदन गरेकाे छ । नेप्से सञ्चालक समितिकाे बुधवार बसेको बैठकले साे कार्यविधि पारित गरेकाे हाे ।
सञ्चालक समितिले पारित गरेकाे साे कार्यबिधि आज वेबसाइटमा सार्वजनिक गर्दै मार्जिन कारोबारका मार्ग खुला गरेकाे जनाइएकाे छ । सेबाेनकाे मार्जिन कारोबार सम्बन्धी निर्देशिका अनुसार नेप्सेले कार्यविधि तयार गरेकाे हो।
कार्यविधिमा उल्लेख भएअनुसार सबै सूचीकृत कम्पनीमा मार्जिन सुविधा दिइने छैन। यसका केहि मापदण्ड राखिएकाे छ। यसअनुसार २५ लाख कित्ता शेयर सर्वसाधारणमा जारी गरेर नेप्सेमा सूचीकृत भएको हुनुपर्ने छ ।
कम्पनीको खुद सम्पत्ति चुक्ता पूँजीभन्दा बढी हुनुपर्ने, पछिल्लो तीन वर्षमध्ये कम्तीमा दुई वर्ष खुद नाफामा रहेको हुनुपर्ने जनाइएकाे छ। साधारण शेयर निष्काश गरेर सूचीकरण भएको दुई वर्ष पुगेकाे हुनुपर्ने लगायतका प्रावधान रहेका छन्।
‘मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यविधि, २०८२’ काे पूर्णपाठ यहाँ छ








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




