
काठमाडौं, १४ चैत। नवनियुक्त प्रधानमन्त्री वालेन्द्र शाहलाई चीनले बधाई दिएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले नियमित पत्रकार सम्मेलनमा चीनका तर्फबाट प्रधानमन्त्री शाहलाई बधाई दिनुभयो ।
उहाँले परम्परागत मित्र र छिमेकीका रूपमा, चीनले सधैं नेपाललाई आफ्नो स्वतन्त्रता, सार्वभौमसत्ता र भौगोलिक अखण्डता जोगाउन, साथै एकता, स्थायित्व, विकास र समृद्धि हासिल गर्न सहयोग गर्दै आएको उल्लेख गर्नुभयो ।
सो अवसरमा प्रवक्ता लिनले चीन नयाँ नेपाली सरकारसँग मिलेर परम्परागत मित्रतालाई अझ सुदृढ बनाउन, व्यावहारिक सहकार्यलाई गहिरो बनाउन तथा विकास र समृद्धिका लागि दीर्घकालीन रणनीतिक सहकार्य साझेदारीलाई अघि बढाउन तयार रहेको बताउनुभयो ।








काठमाडौं, ८ मङ्सिर। ताप्लेजुङको ओलाङचुङगोला र तिब्बतको सीमा क्षेत्र आसपासलाई केन्द्रविन्दु बनाएर पाँच दशमलव छ…
काठमाडौ, ८ मंसिर । युनिलिभर नेपाल लिमिटेड (UNL) को लाभांश सुरक्षित गर्ने आज (मंसिर ८…
पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा… 




