सोपान फर्मास्यूटिकल्सकाे आईपीओमा आवेदन दिने आज अन्तिम दिन

-



     सफल आवाज    
     वैशाख ८ गते २०८३ मा प्रकाशित



काठमाडौं, ८ वैशाख। सोपान फर्मास्यूटिकल्स लिमिटेडकाे आवेदन दिने आज अन्तिम दिन बाँकी रहेकाे छ । कम्पनीले बैशाख ३ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा लगानीकर्ताले आज बैशाख ८ गतेसम्म आवेदन दिन सक्नेछन्।

कम्पनीले यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि शेयर निष्काशन तथा बाँडफाँट गरेपछि सर्वसाधारणका लागि आईपीओ खुलाएकाे हाे ।

कम्पनीले ४२ करोड ९० लाख रुपैयाँ बराबरको ४२ लाख ९० हजार कित्ता शेयर आईपीओ निष्काशन गर्ने अनुमति पाएकोमा ४ लाख २९ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट भइसकेकाे छ। १ लाख ७१ हजार ६०० कित्ता कर्मचारीहरुका लागि र २ लाख १४ हजार ५०० कित्ता सामूहिक लगानी कोषहरुमा बाँडफाँट भएसकेकाे छ।

यस दोस्रो चरणमा ३४ करोड ७४ लाख ९० हजार रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरले ३४ लाख ७४ हजार ९०० कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरिएकाे हाे ।

शेयरमा घटीमा १० र बढीमा ११ हजार कित्तासम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले बैशाख ८ गतेसम्म आवेदन दिन पाउनेछन्। ताेकिएकाे अवधिमा पूरा आवेदन नपरेमा बैशाख १६ गतेसम्म आवेदन दिन सकिनेछ।

लगानीकर्ताले सेबाेनबाट स्वीकृती पाएका सिआस्बा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र तोकिएका शाखा कार्यालयहरु । मेरो शेयर अनलाईनबाट आवेदन दिन पाउनेछन्।

शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ।