
Police officers inspect a damaged building following an earthquake in Manado, North Sulawesi, Indonesia, Thursday, April 2, 2026. (AP Photo/Tonny Rarung)
मनाडो (इन्डोनेसिया), १९ चैत । पूर्वी इन्डोनेसियाको मोलुक्का सागर क्षेत्रमा बिहीबार बिहान शक्तिशाली ७.४ म्याग्निच्युडको भूकम्प जाँदा कम्तीमा एक जनाको ज्यान गएको छ भने भवनहरूमा क्षति पुग्नुका साथै सर्वसाधारण त्रसित बनेर सडकमा निस्किएका छन् । प्रारम्भिक रूपमा सुनामीको चेतावनी जारी गरिए पनि केही समयपछि खतरा टरेको घोषणा गरिएको छ ।
सुलावेसी र मालुकु टापुबीच केन्द्रविन्दु रहेको भूकम्पका कारण समुद्रमा करिब ७५ सेन्टिमिटरसम्म अग्ला छालहरू उत्पन्न भएका थिए । हवाईस्थित प्यासिफिक सुनामी वार्निङ सेन्टरले इन्डोनेसिया, फिलिपिन्स र मलेसियासहित आसपासका क्षेत्रमा खतरनाक सुनामी आउन सक्ने चेतावनी दिएको थियो, तर भूकम्पको करिब दुई घण्टापछि उक्त चेतावनी फिर्ता लिइएको थियो । उत्तरी सुलावेसीको मनाडो सहरमा एक भवन भत्किँदा एक जनाको ज्यान गएको र अर्का एक घाइते भएको खोज तथा उद्धार टोलीले जनाएको छ ।
उद्धार अधिकारी जर्ज लियो मर्सी रान्डाङका अनुसार मृतक भग्नावशेषमुनि पुरिएका थिए र अन्य सम्भावित घाइतेबारे पनि विवरण सङ्कलन भइरहेको छ। भूकम्पको गहिराइ करिब ३५ किलोमिटर रहेको अमेरिकाको भूगर्भ सर्वेक्षण संस्था (युएसजीएस) ले जनाएको छ । कम्पनपछि त्यस क्षेत्रमा दर्जनौँ परकम्प (आफ्टरसक्स) समेत महसुस गरिएको छ, जसमा ५.९ म्याग्निच्युडसम्मका झट्का समावेश छन् ।
स्थानीय बासिन्दाहरूका अनुसार भूकम्प निकै लामो समयसम्म महसुस भएको थियो । मनाडोमा सडक खाद्य विक्रेता सिती रोहायतीले भूकम्प आएको क्षण सम्झिँदै आफ्नो परिवारलाई बचाउन आफूले तुरुन्त बाहिर निकाल्ने प्रयास गरेको बताउनुभयो । उहाँका अनुसार सबैभन्दा ठूलो चिन्ता आफ्ना बालबालिकालाई सुरक्षित राख्नु थियो ।








काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने…
काठमाडौं, ७ मंसिर। भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाहले नेपाल र भारतबीचको सम्बन्ध हिमालय… 




