
काबुल, २१ चैत । अफगानिस्तानमा शुक्रबार साँझ ५.८ म्याग्निच्युडको भूकम्प गएको छ । अफगानिस्तान राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता मोहम्मद युसुफ हम्मादका अनुसार यस भूकम्पमा कम्तीमा आठ जनाको मृत्यु भएको छ । भूकम्पको झड्का काबुल प्रान्तमा पनि महसुस गरिएको थियो ।
यहाँ एक घर पूर्ण रूपमा भत्किएको थियो, जसमा आठ बासिन्दा मृत्यु भएका थिए भने एक बच्चा घाइते भएको थियो । कम्पनको तीव्रता शहरमा पनि महसुस गरिएकोले स्थानीय बासिन्दा ठूलो डरमा परेका थिए । भूकम्पको केन्द्रबिन्दु १८६.४ किलोमिटर गहिराइमा रहेको पाइएको छ । प्रारम्भिक तथ्याङ्क अनुसार एपिसेण्टर ३६.५५ डिग्री उत्तर अक्षांश र ७०.८५ डिग्री पूर्व देशान्तरमा रहेको थियो ।
गहिरो केन्द्रबिन्दुका कारण सतहमा व्यापक क्षति सीमित रहन सक्छ भन्ने अनुमान गरिएको भए पनि घर भत्किनु र मानिसहरूको मृत्यु हुनुले घटनाको गम्भीरता देखाउँछ । यो भूकम्पले स्थानीय बासिन्दाको जीवनमा ठूलो असर पु¥याएको छ । प्रभावित क्षेत्रमा राहत र उद्धार कार्य तत्काल सुरु गरिएको छ ।
स्थानिय अधिकारीहरूले भूकम्पपीडितलाई सुरक्षित स्थानमा सार्ने र घाइतेलाई उपचारको व्यवस्था गर्ने कामलाई प्राथमिकता दिइरहेका छन् । विशेषगरी काबुल र उत्तरी प्रान्तहरूमा भूकम्पको प्रभाव अझ बढी देखिएकोले थप सुरक्षा र सावधानी अपनाउन स्थानीय प्रशासनले जनतालाई सचेत गराएको छ ।








पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई रु दुई खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध…
काठमाडौं, ७ मंसिर। भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाहले नेपाल र भारतबीचको सम्बन्ध हिमालय…
काठमाडौं, ७ मंसिर। प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच विभिन्न आठ महत्त्वपूर्ण विषयमा… 




