
पाेखरा, २२ चैत । पोखरा प्राविधिक शिक्षालयको आर्थिक सहयोग र तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद कास्कीको समन्वयमा भएकाे दुई हप्ते कुक तथा हाउस किपिङ तालिम सकिएकाे छ ।
चैत १० देखि २१ गतेसम्म भएको दुई हप्ते कुक तथा हाउस किपिङ तालिमको समापन अध्यक्ष सीता गुरुङको अध्यक्षतामा र पोखरा प्राविधिक शिक्षालयको प्रमुख राजिव ठाकुरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हाे । तालिममा सहभागि भएका २० जना विद्यार्थीहरु लाई प्रमाण पत्र प्रदान गरिएको छ।

प्रमुख अतिथि राजीव ठाकुरले ‘शिप सिकौ स्वदेशमा आत्म निर्भर बनौ’ भन्ने उद्देश्यका साथ समाजसँग जोडिएर कार्यक्रमम आयोजना गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयाे । उहाँले पछका दिनहरुमा निरन्तर सहकार्य गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो।
तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद उपमहासचिव विष्णु गुरुङ, गण्डकी प्रदेश सचिव खिमा गुरुङ र तमु विद्यार्थी छोंज धीं उपाध्यक्ष युवराज गुरुङले तालिममा सहभागी विद्यार्थी हरूलाई शुभकामना व्यक्त गर्नुभयाे ।
पोखरा प्राविधिक शिक्षालयको उप प्रमुख शैलेश शाही र तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद कास्की वरिष्ठ उपाध्यक्ष इन्द्र बहादुर गुरुङले स्वागत गर्नुभएकाे तिथयाे । प्रशिक्षक सन्तोष सुवेदी, प्रशिक्षार्थी जन इच्छा गुरुङ र बबिता घलेले तालिमको अनुभव राख्नु भएकाे थियो । होटल म्यानेजमेन्ट प्रशिक्षक मुक्त प्रसाद गुरुङले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।









पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




