
काठमाडौं, २३ चैत । स्टक ब्रोकर एसोसिएसन अफ नेपाल (SBAN) ले पूँजीबजारमा देखिएका समस्या समाधानका लागि साेमबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई ६ बुँदे सुझाव पत्र बुझाएको छ।
एसोसिएसनका प्रतिनिधिहरूकाे टाेलीले अर्थ मन्त्रालय गएर पूँजीबजारको विकास र विस्तारका लागि तत्काल चाल्नुपर्ने कदमहरूबारे अर्थमन्त्री वाग्लेकाे ध्यानाकर्षण गराएकाे हाे ।
एसोसिएसनले ५६ लाखभन्दा बढी लगानीकर्ता र ९२ वटा ब्रोकरहरू रहेको वर्तमान अवस्थामा नयाँ सरकार र अर्थमन्त्रीबाट बजारले ठूलो आशा राखेको जनाएकाे छ। महासचिव भक्तिराम घिमिरेद्वारा जारी गरिएकाे पत्रमा विगतका विभिन्न कार्यदलले दिएका सुझावहरू अविलम्ब कार्यान्वयन गर्न माग गरिएको छ।
एसोसिएसनले बुझाएका मुख्य बुँदाहरूको संक्षिप्त विश्लेषण यहाँ प्रस्तुत छ:
SBAN द्वारा प्रस्तुत ६ बुँदे मुख्य सुझावहरू
| क्र.सं. | मुख्य माग | उद्देश्य र प्रभाव |
| १ | कार्यदलका सुझाव कार्यान्वयन | विगतमा गरिएका अध्ययन र प्रतिवेदनहरूलाई दराजमा मात्र सीमित नराखी व्यवहारमा उतार्न माग गरिएको छ। |
| २ | संस्थागत लगानीमा सहजता | बैंक तथा वित्तीय संस्थालाई ६ महिने बन्देज (Lock-in) हटाउँदा बजारमा ठुलो रकम परिचालन हुन सक्छ। |
| ३ | NRN लाई प्रवेश | विदेशमा रहेका नेपालीको पूँजी र सीपलाई दोस्रो बजारमा भित्र्याउँदा वैदेशिक मुद्राको सञ्चिति र बजारको आयतन बढ्छ। |
| ४ | कर स्पष्टता (Final Tax) | ५% र ७.५% पूँजीगत लाभकरलाई नै अन्तिम कर मानिएमा व्यक्तिगत लगानीकर्ताहरू थप उत्साही हुनेछन्। |
| ५ | अक्सन मार्केट सञ्चालन | शेयर ‘सर्टेज’ हुँदा लगानीकर्ताले तिर्नुपर्ने २०% जरिवाना (Close-out) को समस्या समाधान गर्न यो आवश्यक छ। |
| ६ | सेटलमेन्ट ग्यारेन्टी फण्ड | कारोबार राफसाफलाई सुरक्षित बनाउन र जोखिम न्यूनीकरण गर्न यो कोषको कार्यान्वयन अनिवार्य छ। |








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




