
काठमाडौं, २४ चैत । सरकारी सूचना र विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशन तथा प्रसारण गर्ने सरकारको निर्णयविरुद्ध नेपाल पत्रकार महासंघले आन्दोलनको घोषणा गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै मन्त्रालय, आयोग र स्थानीय तहलाई जारी गरेको सो परिपत्र फिर्ता लिन महासंघले गरेको आग्रहलाई सरकारले बेवास्ता गरेपछि पहिलो चरणको दबाबमूलक कार्यक्रम सार्वजनिक गरिएको हो।
महासंघले सरकारको यो कदम निजी सञ्चारमाध्यम र स्वतन्त्र पत्रकारिताको हितविरुद्ध रहेको ठहर गरेको छ। महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिनालाई भेटी निर्णय खारेज गर्न माग गर्दा पनि सुनुवाइ नभएकाले सडक र सदन दुवैतर्फबाट दबाब बढाउने उल्लेख छ।
यस्ता छन् आन्दोलनका कार्यक्रमहरू:
महासंघले चैत २५ गतेदेखि सुरु हुने गरी निम्न तालिका सार्वजनिक गरेको छ:
- चैत २५ गते: महासंघका पूर्वअध्यक्षहरूसँग छलफल र परामर्श।
- चैत २६ गते: राष्ट्रिय दैनिक, साप्ताहिक र अनलाइनका सम्पादकहरूसँग अन्तक्रिया।
- चैत २७ गते: राजनीतिक दलका संसदीय दलका नेताहरूसँग भेटघाट र ध्यानाकर्षण।
- चैत २८ र २९ गते: महासंघ केन्द्रीय समितिको बैठक, जहाँ थप कडा आन्दोलनका कार्यक्रम तय गरिनेछ।

श्रमजीवी पत्रकारको पारिश्रमिकमा जोड
आन्दोलनको घोषणासँगै महासंघले सञ्चार गृहहरूलाई पनि सचेत गराएको छ। विज्ञप्तिमा श्रमजीवी पत्रकारहरूलाई नियमित पारिश्रमिक र सेवा-सुविधा उपलब्ध गराउन सम्पूर्ण सञ्चार गृहहरूसँग अनुरोध गरिएको छ।
केन्द्रीय समितिले तय गरेका यी कार्यक्रमहरू सातै प्रदेश समिति र देशभरका शाखाहरूले पनि एकसाथ कार्यान्वयन गर्ने महासंघले जनाएको छ। सरकारले आफ्ना मागहरू छिटो सम्बोधन नगरे दबाबका थप सशक्त कार्यक्रमहरू ल्याउने चेतावनी समेत दिइएको छ।








काठमाडौ, ८ मंसिर । युनिलिभर नेपाल लिमिटेड (UNL) को लाभांश सुरक्षित गर्ने आज (मंसिर ८…
पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा… 




