अब शेयर काराेबार साेमबारदेखि शुक्रबारसम्म हुने

-



     सफल आवाज    
     चैत्र २५ गते २०८२ मा प्रकाशित



काठमाडौं, २५ चैत । अब शेयर काराेबार साेमबारदेखि शुक्रबारसम्म हुने भएकाे छ ।

सरकारले पेट्राेलियम पदार्थकाे आयातमा भइरहेकाे कमिकाे कारण कार्यालयकाे काम बिहान ९ बजेदेखि अपरान्ह ५ बजेसम्म ताेकेकाे छ भने साबिककाे शनिबारकाे बिदासहित आइतबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ ।

सरकारकाे निर्णयपछि नेपाल स्टक एक्सचेञ्जले शेयर कारोबारकाे तालिका पनि नयाँ बनाएकाे छ र यस अनुसार अब शेयर काराेबार साेमबारदेखि शुक्रबारसम्म हुने भएकाे हाे । यसअघि बिहिबाररसम्म मात्रै काराेबार हुँदै आएकाे थियाे ।

सरकाररे चैत २२ गते गरेकाे बिदाकाे निर्णय अनुसार नेप्से सञ्चालक समितिको पनि चैत २२ गते बसेकाे बैठकले शेयर बजार सोमबारदेखि शुक्रबारसम्म साविककै समयमा खुल्ने जनाएकाे छ ।