
काठमाडौं, २५ चैत । साताको शेयर कारोबार हुने चौथो दिन बुधबार नेपाली शेयर बजारमा सकारात्मक माहोल देखिएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ४५.१२ अंकले बढेर २८०२.५२ विन्दुमा उक्लिएको छ । नेप्सेमा १.६३ प्रतिशतले बृद्धि भएको छ ।
केहि दिनअघि अर्थमन्त्री डा स्वर्णिम वाग्लेसंग शेयर लगानीकर्ताहरुको टोलीले गरेको छलफलमा शेयरबजारमैत्री कुराकानी भएको र समस्या समाधानमा लागि पहल गर्ने बताएपछि बजार सकारात्मक बन्न लागेको हो ।

यसदिन ३४६ कम्पनीहरुको ९८ हजार १६२ पटकको कारोबार भएको छ । १ करोड ८८ लाख १६ हजार ८०८ कित्ता शेयर खरिदबिक्री भएको छ भने ८ अर्ब ३१ करोड ८९ लाख ८ हजार ४४१ रुपैयाँ बराबरको कारोबार भएको छ ।
सबैभन्दा बढी एसवाई प्यानलको कारोबार भएको छ । कम्पनीको ४६ करोड ८१ लाख ८२ हजार ७२७ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
सबैभन्दा बढी रिलायन्स स्पिनिङमिल्स लिमिटेडको शेयरमूल्य बढेको छ । कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ ।सबैभन्दा बढी स्वेत गंगा माई खोला हाइड्रोपावर एण्ड कन्ट्रक्सन लिमिटेडको शेयरमूल्य घटेको छ । कम्पनीको शेयरमूल्य ४.३५ प्रतिशतले घटेको छ ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




