नेप्से १३.४५ अंकले घट्याे, करिब १० अर्बकाे काराेबार

-



     सफल आवाज    
     चैत्र २७ गते २०८२ मा प्रकाशित



काठमाडौं, २७ चैत । साताको शेयर काराेबार हुने अन्तिम दिन शुक्रबार नेपाली शेयर बजारमा गिरावट भएकाे छ । नेप्से परिसूचकसँगै काराेबार रकममा पनि कमि भएकाे छ । यसअघि दुइवटा काराेबार बढेर बन्द भएका थिए ।

नेप्सेमा १३.४६ अंककाे गिरावट भएर २८३७.७८ विन्दुमा झरेको छ। सेन्सेटिभ इण्डेक्स ३.३९ अंकले घटेको छ । फ्लोट इण्डेक्स २.३० तथा सेन्सेटिभ इण्डेक्स २.९१ अंकले घटेको छ।

बिहीबार ९ अर्ब ९१ करोड रुपैयाँबराबरको शेयर काराेबार भएकाेमा यसदिन ३३५ कम्पनीहरुकाे ९७ हजार ४८० पटकको शेयर काराेबार भएकाे छ । यसबाट ८ अर्ब ९९ करोड ३२ लाख ८० हजार रुपैयाँबराबरको २ करोड १० लाख ८७ हजार कित्ता शेयर किनबेच भएको छ।

भुजुङ्ग हाइड्रोपावर, सुपर खुदी हाइड्रोपावर, होटल फरेष्ट इन, पाल्पा सिमेन्ट इण्डष्ट्रीज, रिज लाइन इनर्जी, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक र शिखर पावर डेभलपमेन्टको शेयरमा सकारात्मक सर्किट लागेर काराेबार भएकाे छ ।

रिलायन्स स्पिनिङ्ग मिल्सको शेयरमूल्य साढे ९ प्रतिशत बढेको छ । हिमालयन हाइड्रोपावरको शेयरमूल्य साढे ८ प्रतिशत बढेको छ भने एनआईसी एशिया ब्यालेन्स्ड फण्डको इकाईमूल्य ४.१७ प्रतिशत घटेको छ।

कारोबारकाे आधारमा नेशनल हाइड्रोपावर अगाडी रहेकाे छ। कम्पनीको ५१ करोड ३२ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। रिलायन्स स्पिनिङ्ग मिल्सको साढे ४३ करोड रुपैयाँबराबरको शेयर काराेबार भएकाे छ । रिडी पावर डेभलपमेन्टको कारोबार ३८ करोड रुपैयाँ बढीकाे काराेबार भएकाे छ।

१३ उपसमूहहरुमध्ये २ उपसमूहमा हरियाे लागेकाे छ । बाँकी रहेका ११ उपसमूहमा राताे लागेकाे छ। उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १.५९ प्रतिशतले बढेको छ । लगानी, अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशत बढी घटेको नेप्सेले जनाएकाे छ।