
काठमाडौं, ४ वैशाख । साताको शेयर काराेबार हुने अन्तिम दिन शुक्रबार नेपाली शेयर बजार अन्तिम समयमा सकारात्मक भएर बन्द भएकाे छ । यसदिनकाे धेरैजसाे काराेबारकाे समय धरमराएकाे थियाे । तर अन्तिम समयमा बजार सकारात्मक भएर बन्द भयाे । अर्थात नेप्से सामान्य अंकले बढेकाे छ।
नेप्से परिसूचक ५.३६ अंकले बढेर २८३८.४० विन्दुमा उक्लिएकाे छ। सेन्सेटिभ इण्डेक्स ०.५८ अंकले घटेको छ । फ्लोट इण्डेक्स ०.०३ अंकले तथा सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२९ अंकले घटेको छ।

यस न कारोबार रकम पनि घटेको छ। अघिल्लाे दिन बिहीबार ९ अर्ब ३१ करोड २८ लाख ६० हजार रुपैयाँबराबरको शेयर काराेबार भएकाेमा यसदिन ३३५ कम्पनीहरुकाे ९६ हजार ५७३ पटक शेयर कारोबार हुँदा ७ अर्ब ४६ करोड ६ लाख रुपैयाँ बराबरको १ करोड ८० लाख ६३ हजार कित्ता शेयर किनबेच भएकाे छ।
सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक, होटल फरेष्ट इन, पाल्पा सिमेन्ट, शिखर पावर डेभलपमेन्ट र रिज लाइन इनर्जीको शेयर सकारात्मक सर्किट लागेर काराेबार भएकाे छ। खानीखोला हाइड्रोपावर कम्पनीको शेयरमूल्य साढे ८ प्रतिशत बढेको छ । रिलायन्स स्पिनिङ्ग मिल्सको शेयरमूल्य साढे ६ प्रतिशतले बढ्दा एशियन हाइड्रोपावरको शेयरमूल्य ४.५४ प्रतिशतले घटेको छ।
कारोबारकाे आधारमा नेशनल हाइड्रोपावर अगाडी रहेकाे छ। कम्पनीको ६६ करोड ८६ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। सोलु हाइड्रोपावरको ३७ करोड बढीको र रिडी पावर डेभलपमेन्टको ३४ करोड रुपैयाँ बराबरकाे काराेबार भएकाे छ।
१३ उपसमूहरुमा ५ उपसमूह हरियाे लागेकाे छ । बाँकी रहेका ८ उपसमूहहरुमा राताे लागेकाे छ। उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १.४० प्रतिशत बढेको छ। होटल तथा पर्यटन उपसमूहको परिसूचक १.३८ प्रतिशत बढेको छ। बैंकिङ्ग, विकास बैंक, वित्त, लगानी, जीवन बीमा, लघुवित्त, म्युचुअल फण्ड र निर्जीवन बीमा उपसमूहको परिसूचक सामान्य घटेको नेप्सेले जनाएकाे छ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




