
काठमाडौं, २२ वैशाख । याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडकाे आईपीओमा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेकाे छ । कम्पनीले बैशाख १६ गतेदेखि शेयर निष्काशन तथा बिक्री खुला गरेको थियाे ।
कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि शेयर निष्काशन गरिसकेकाे छ । कम्पनीले दाेश्राे चरणमा सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेकाे हाे ।
कम्पनीका अनुसार २८ करोड रुपैयाँ बराबरको २८ लाख कित्ता शेयर निष्काशनकाे अनुमति पाएकोमा ७ लाख कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि र २ लाख १० हजार कित्ता साधारण शेयर विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि बाँडफाँट भइसकेकाे छ। सामूहिक लगानी कोषहरुका लागि १ लाख ५ हजार कित्ता र कर्मचारीहरुका लागि ४२ हजार कित्ता बाँडफाँट गरिसकिएकाे छ।
यस दोस्रो चरणमा १७ करोड ४३ लाख रुपैयाँबराबरको १७ लाख ४३ हजार कित्ता साधारण शेयर सर्वसाधारणका लागि रहेकाे छ । लगानीकर्ताले घटीमा १० तथा बढीमा २१ हजार कित्ताका लागि आवेदन दिन पाउनेछन्। यसका लागि बैशाख २२ गतेसम्म आवेदन दिन सकिने भएकाे छ । ढिलाेमा बैशाख ३० गतेसम्म आवेदन दिन पाइनेछ ।
लगानीकर्ताले सबाेनबाट अनुमति पाएका सिआस्बा सेवामा रहेका बैंक तथा वित्तीय संस्था र तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन पाउनेछन्। साथै मेरो शेयर अनलाइनबाट पनि आवेदन दिन सकिनेछ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




