
टोकियो, ७ वैशाख । जापानको उत्तरी क्षेत्रमा सोमबार ७.५ म्याग्निच्युडको भूकम्प गएको छ भूकम्पका कारण सयौँ किलोमिटर टाढाको टोकियोका गगनचुम्वी भवनहरूलाई हल्लाएको छ र तीन मिटर (१० फिट) सम्म सुनामी छालहरू आउने चेतावनी दिइएको छ।
जापानको मौसम विज्ञान एजेन्सी (जेएमए) का अनुसार स्थानीय समयअनुसार साँझ ४ बजेर ५३ मिनेटमा उत्तरी इवाते प्रान्तको प्रशान्त महासागरमा भूकम्प गएको हो । भूकम्पको करिब ४० मिनेटपछि ८० सेन्टिमिटर (३१ इन्च) को सुनामीको लहर इवातेको कुजीस्थित एउटा बन्दरगाहमा ठोक्किएको छ ।
जेएमएले सुरुमा भूकम्पको धक्का ७.४ म्याग्निच्युडको रहेको बताएपनि यसलाई पछि परिमार्जन गरी ७.५ म्याग्निच्युड रहेको पुष्टि गरिएको हो । जेएमएद्वारा जारी चेतावनीमा भनिएको छ, “तटीय क्षेत्र र नदी किनारका क्षेत्रलाई खाली गरी उच्च स्थान वा उद्धार भवनजस्ता सुरक्षित स्थानमा तत्काल जान अनुरोध गरिन्छ।” उहाँले भन्नुभयो, “पटक–पटक सुनामीको छाल आउने अपेक्षा गरिएको छ ।
चेतावनी नहटेसम्म सुरक्षित ठाउँ नछोड्नुहोस्,” विज्ञप्तिमा भनिएको छ। राष्ट्रिय प्रसारक एनएचकेको फुटेजमा इवातेका बन्दरगाहका वरपरका धैरै स्थानमा तत्काल कुनै ठूलो क्षति नभएको उल्लेख गरिएको छ ।
जेएमएका एक अधिकारीले टेलिभिजनमार्फत् दिएको एक जानकारीमा विशेष गरी आगामी दुई देखि तीन दिनभित्र वा अर्को हप्तासम्ममा यस क्षेत्रमा थप केही ठूला भूकम्पहरू आउन सक्छन् र ती अझ कडा कम्पनहरू पनि हुन सक्नेछन् भनिएको छ ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




