
काठमाडौं, ८ वैशाख । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले बैशाख १७ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ खुलाउने भएकाे हाे ।
कम्पनीले २५ करोड ८० लाख रुपैयाँ बराबरको २५ लाख ८० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएकोमा ८ करोड ६० लाख रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ८ लाख ६० हजार कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि रहेकाे छ ।
३ लाख ४४ हजार कित्ता शेयर अति प्रभावित क्षेत्र, सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिका वडा नं. १ र २ का स्थानिय बासिन्दाहरुमा बाँडफाँट गरिने भएकाे छ । ५ लाख १६ हजार कित्ता प्रभावित क्षेत्र सोलुदुधकुण्ड नगरपालिकाका १ र २ बाहेक अन्य वडाहरुका स्थायी बासिन्दाहरुका लागि रहेकाे छ।
सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको १ करोड ७२ लाख रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका १ लाख ७२ हजार कित्ता साधारण शेयर विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरिने भएकाे छ ।
लगानीकर्ताले घटीमा १० कित्ता र बढीमा १० हजार कित्ताका लागि आवेदन दिन पाउनेछन्। आयोजना प्रभावित क्षेत्रका स्थानियले बैशाख ३१ गतेसम्म र ढिलोमा जेठ १८ गतेसम्म आवेदन दिन पाउनेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले बैशाख २३ गते र ढिलोमा बैशाख ३१ गतेसम्म आवेदन दिन पाउनेछन्।
स्थानिय बासिन्दाले माछापुच्छ्रे बैंक, नेपाल बैंक, प्रभु बैंक र एनएमबि बैंकका सल्लेरी सोलुखुम्बु शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। स्थानिय बासिन्दाहरुले सेबाेनबाट अनुमति लिएका सि आस्बा सेवामा रहेका बैंक तथा वित्तीय संस्था र तोकिएका शाखाहरुबाट आवेदन दिन पाउनेछन्।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले सिआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तोकिएका शाखाहरुबाट आवेदन दिन सक्नेछन्। साथै मेरो शेयर अनलाइनबाट पनि आवेदन दिन पाउनेछन्।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




