सुनको भाउ बढ्याे, चाँदीमा गिरावट

-



     सफल आवाज    
     वैशाख ८ गते २०८३ मा प्रकाशित



काठमाडौं, ८ बैशाख । साताकाे सुनचाँदीकाे काराेबार हुने तेश्राे दिन मंगलबार, नेपाली बजारमा सुनको भाउ बढेको छ । चाँदीकाे भाउ भने घटेको छ । सुन प्रतितोला एक हजार ६०० रुपैयाँले बढेको छ । चाँदी तोलामा ३० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यसदिन सुन प्रतितोला तीन लाख एक हजार ३०० रुपैयाँमा काराेबार भएकाे जनाएकाे छ । सोमबारको सुन प्रतितोला दुई लाख ९९ हजार ७०० रुपैयाँमा किनबेच भएको थियो।

चाँदी प्रतितोला पाँच हजार १६० रुपैयाँ काराेबार भइरहेकाे छ। साेमबारको बजारमा चाँदी प्रतितोला पाँच हजार १९० रुपैयाँ खरिदबिक्री भएको थियो।