सर्वोत्तम पेन्ट्सकाे आईपीओ बैशाख २१ गतेदेखि आउदै

-



     सफल आवाज    
     वैशाख ९ गते २०८३ मा प्रकाशित



काठमाडौं, ९ वैशाख । सर्वोत्तम पेन्ट्स ईण्डष्ट्रिज लिमिटेडले बैशाख २१ गतेदेखि आईपीओ निष्काशन गर्न लागेको छ । कम्पनीका अनुसार वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागिएकाे हाे ।

कम्पनीले ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएकोमा ८५ लाख रुपैयाँ बराबरको ८५ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरिने भएकाे छ ।

लगानीकर्ताले घटीमा १० कित्ता तथा बढीमा ५ हजार कित्ताका लागि आवेदन दिन पाउनेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले बैशाख २४ गतेसम्म आवेदन दिन पाउनेछन्। ताेकिएकाे अविधमा पूरा आवेदन नपरेमा जेठ ४ गतेसम्म आवेदन दिन सकिनेछ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले सेबाेनबाट स्वीकृती लिएका सि आस्बा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र ताेकिएका शाखाबाट आवेदन दिन सकिनेछ । साथै मेरो शेयर अनलाईनबाट पनि आवेदन दिन सिकनेछ ।

शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।