
जेनेभा, १६ वैशाख । मानव अधिकारका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्त थमीन अल खितानले इजरायललाई आधारभूत जीवन यापनका लागि अत्याआवश्यक वस्तुहरूमा लगाइएका प्रतिबन्धहरू हटाइ गाजा पट्टीमा मानवीय सहायताको प्रवेशलाई अनुमति दिन आह्वान गर्नु भएको छ ।
जेनेभामा आयोजित संयुक्त राष्ट्रसङ्घको साप्ताहिक पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रवक्ता अल खितानले यस्तो अपिल गर्नु भएको हो । प्रवक्ता अल खितानले इजरायललाई गाजामा प्यालेस्टिनीहरूको आधारभूत आवश्यकताहरू पूरा गर्न र मानवीय सहायताको प्रवेश र प्रवाहमा लगाएका सबै प्रतिबन्धहरू हटाई सुरक्षा सुनिश्चित गर्न सुझाव दिनु भएको छ ।
लामो समयको निरन्तरको द्वन्द्वले स्वच्छ पिउने पानी, खाना, खाना पकाउने ग्यास लगायएतका अत्आवश्यक आपूर्तिको तीव्र अभावलाई औंल्याउँदै गाजाको अवस्था निकै गम्भीर रहेको उहाँले बताउनु भएको छ । सन् २०२५ अक्टोबर देखि गाजामा युद्धविराम भएता पनि, यस क्षेत्रले कडा नाकाबंदी साथसाथै दैनिक इजरायली आक्रमणको सामना गरिरहेको छ जसको परिणामस्वरूप हजारौं नागरिक हताहत भएको जनाइएको छ ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




