माउन्ट एभरेष्ट पावरको आईपीओ आजदेखि खुला

-



     सफल आवाज    
     वैशाख ३१ गते २०८३ मा प्रकाशित



काठमाडौं, ३१ वैशाख। माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले बैशाख १७ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओ (IPO)मा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेको छ।

कति कित्ता शेयर निष्काशन ?

कम्पनीले आफ्नो जारी पूँजी ८६ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने कुल २५ लाख ८० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। सोही अनुसार पहिलो चरणमा निम्न बमोजिम शेयर बाँडफाँट गरिनेछ:

  • स्थानीय बासिन्दा (८,६०,००० कित्ता):
    • अति प्रभावित क्षेत्र: सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिका वडा नं. १ र २ का लागि ३ लाख ४४ हजार कित्ता।
    • प्रभावित क्षेत्र: सोलुदुधकुण्ड नगरपालिकाका वडा नं. १ र २ बाहेक अन्य वडाहरूका लागि ५ लाख १६ हजार कित्ता।
  • वैदेशिक रोजगारीमा रहेका नेपाली (१,७२,००० कित्ता): सर्वसाधारणका लागि छुट्याइएको शेयरको १० प्रतिशत।

लगानीकर्ताले जान्नै पर्ने कुराहरू:

विवरणविवरण जानकारी
न्यूनतम आवेदन१० कित्ता
अधिकतम आवेदन१०,००० कित्ता
प्रति शेयर मूल्यरु. १००
बिक्री प्रबन्धकएनआईएमबि एस क्यापिटल लिमिटेड

आवेदन दिने समय सीमा:

  • स्थानीय बासिन्दाका लागि: छिटोमा बैशाख ३१ गते र ढिलोमा जेठ १८ गतेसम्म।
  • वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि: छिटोमा बैशाख २३ गते र ढिलोमा बैशाख ३१ गतेसम्म।

कहाँबाट दिने आवेदन?

स्थानीय बासिन्दाले माछापुच्छ्रे बैंक, नेपाल बैंक, प्रभु बैंक र एनएमबि बैंकका सल्लेरी शाखाबाट वा आस्बा सेवा प्राप्त बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन्। आवेदन फारमका लागि २ रुपैयाँ शुल्क लाग्नेछ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने ‘मेरो शेयर’ (Mero Share) अनलाइन सफ्टवेयर वा सी-आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।


आयोजना र वित्तीय अवस्था:

कम्पनीले सोलुखुम्बुमा १२ मेगावाट क्षमताको दुधकुण्ड खोला जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ।

  • लागत: आयोजनाको कुल लागत २ अर्ब ३६ करोड ९३ लाख रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत १९ करोड ७४ लाख रुपैयाँ छ।
  • लगानी फिर्ता अवधि (Payback Period): साधारण लगानी फिर्ता हुने अवधि ६.४० वर्ष र डिस्काउण्टेड अवधि ८.९४ वर्ष रहेको छ।
  • रेटिङ्ग: केयर रेटिङ्ग नेपालले कम्पनीलाई ‘CARE-NP BB+’ रेटिङ्ग दिएको छ, जसले दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ।